नेपालकाे पर्यटन पुरानै लयमा फर्किएकाे छ : मन्त्री किराती
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गर्नुभएको छ ।
प्रचण्ड नेतृत्व सरकारकाे वर्ष दिन पुगेकाे अवसरमा आज मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री किरातीले आफू मन्त्री भइसकेपछि झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेका बताउनुभयो । आफू मन्त्री भइसकेपछि एक महिनामा ई टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको उहाँले बताउनुभयो ।
मन्त्री किरातीले १२ वर्षदेखि बिग्रिएर बसेको नेपाल वायु सेवा निगमकाे एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै छ वटा जहाज हुने बताउनुभयो । हवाई उडान हुन नसकेको २२ वटा खाली विमानस्थल सहज ढङ्गले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको उहाँले जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । म मन्त्री भएर आएकाे एक महिनामा नेपाल वायु सेवा निगममा ई टिकेटिङ लागू गरेका थियौँ । दुर्गम क्षेत्रहरूमा उडान गर्नका लागि जहाज खरिद प्रक्रियामा अघि बढिरहेका छौँ । १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गर्दैछाैँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ ।’
मन्त्री किरातीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेशिन जडानकाे काम अन्तिम चरणमा पुर्याएकाे बताउनुभयो । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न आफू सफल भएको उहाँकाे भनाइ छ । उज्यालो
December 27, 2023 11:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर