

हिले बजारमा सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान नगरपालिकाले जफत गर्याे

धनकुटा – धनकुटाको हिले बजारमा सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान धनकुटा नगरपालिकाले जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान नगर प्रहरीले जफत गरेको हो ।
तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानी ट्याङ्की, म्याट, डसना, होडिङ बोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख रभी खत्रीले जानकारी दिनुभयाे । सडकपेटी मिचेर राखिएका सामान हटाउन बजार व्यवस्थापन समिति र वडा कार्यालयले पनि पहल गरेको थियो । सामान हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि नगर प्रहरीले नियन्त्रणमा लिएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताउनुभयाे । सडकपेटी मिचेर अव्यवस्थित रूपमा सामान राख्दा पैदलयात्रीले गुनासाे गर्दै आएका थिए ।
धनकुटा बसपार्क क्षेत्रमा पनि याे समस्या छ । नगर प्रहरीले धनकुटा बसपार्क क्षेत्रमा सडकपेटी तथा सार्वजनिक ठाउँमा अव्यवस्थित रूपमा राखिएका सामान पटक पटक जफत गर्दै आएकाे छ । बजारलाई व्यवस्थित बनाउनु सबैको दायित्व भएकाले सडक पेटीमा सामान नराख्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले आग्रह गर्नुभएकाे छ ।
यसैबीच हिले बजारबाट नियन्त्रणमा लिएको सामान धनकुटा नगरपालिकाले जरिबाना तिराएर फिर्ता दिने भएको छ । सरसफाइ एवम् सहरी सडक व्यवस्थापन कार्यविधिमा जरिबाना तिराएर सामान फिर्ता दिन सक्ने वा सामान बिक्री/लिलाम गरी नगरपालिकाको कोषमा रकम जम्मा गर्न सक्ने प्रावधान छ । तीन दिनभित्र सम्बन्धित व्यक्ति सामान बुझ्न आए जरिबाना लिएर फिर्ता गरिने र नआए सामान बिक्री/लिलाम गरिने नगरपालिकाले जनाएको छ । उज्यालो
January 12, 2024 3:40 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

