हिले बजारमा सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान नगरपालिकाले जफत गर्याे
धनकुटा – धनकुटाको हिले बजारमा सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान धनकुटा नगरपालिकाले जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान नगर प्रहरीले जफत गरेको हो ।
तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानी ट्याङ्की, म्याट, डसना, होडिङ बोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख रभी खत्रीले जानकारी दिनुभयाे । सडकपेटी मिचेर राखिएका सामान हटाउन बजार व्यवस्थापन समिति र वडा कार्यालयले पनि पहल गरेको थियो । सामान हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि नगर प्रहरीले नियन्त्रणमा लिएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताउनुभयाे । सडकपेटी मिचेर अव्यवस्थित रूपमा सामान राख्दा पैदलयात्रीले गुनासाे गर्दै आएका थिए ।
धनकुटा बसपार्क क्षेत्रमा पनि याे समस्या छ । नगर प्रहरीले धनकुटा बसपार्क क्षेत्रमा सडकपेटी तथा सार्वजनिक ठाउँमा अव्यवस्थित रूपमा राखिएका सामान पटक पटक जफत गर्दै आएकाे छ । बजारलाई व्यवस्थित बनाउनु सबैको दायित्व भएकाले सडक पेटीमा सामान नराख्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले आग्रह गर्नुभएकाे छ ।
यसैबीच हिले बजारबाट नियन्त्रणमा लिएको सामान धनकुटा नगरपालिकाले जरिबाना तिराएर फिर्ता दिने भएको छ । सरसफाइ एवम् सहरी सडक व्यवस्थापन कार्यविधिमा जरिबाना तिराएर सामान फिर्ता दिन सक्ने वा सामान बिक्री/लिलाम गरी नगरपालिकाको कोषमा रकम जम्मा गर्न सक्ने प्रावधान छ । तीन दिनभित्र सम्बन्धित व्यक्ति सामान बुझ्न आए जरिबाना लिएर फिर्ता गरिने र नआए सामान बिक्री/लिलाम गरिने नगरपालिकाले जनाएको छ । उज्यालो
January 12, 2024 3:40 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।