विषाक्त माछा खाँदा बारामा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गयो
काठमाण्डौ – बाराको सिम्रौनगढ नगरपालिका–७ मा विषाक्त माछा खाएका एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा उहाँका दुई छोरी र एक छोराको ज्यान गएको हो ।
शनिवार नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गर्नुभएको थियो । राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू नौ वर्षीया लालिमा राम र सात वर्षीया पुष्पा राम तथा पाँच वर्षीय छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
अस्पताल पुग्नुअघि नै नौ वर्षीया लालिमा रामको बाटोमै ज्यान गएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्था थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्ज पठाएको थियो । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णदन्दन रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ती बालबालिकाको फुड प्वाइजनको कारण ज्यान गएको उपचारमा संलग्न डाक्टरको प्रारम्भिक अनुमान छ । घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभएको छ । उज्यालो
August 13, 2024 8:35 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ्।
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !