

डँडेलधुरामा रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, ३ जना एकै परिवारका

काठमाण्डाै – डँडेलधुरामा रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच जना पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको हाे । योसहित ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चाैडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । दुर्घटनालगत्तै पुर्चाैडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको शव भेटिएको थियो । नाबालक, सहदेव र कमला एकै परिवारका रहेका प्रहरी निरीक्षक बमले उज्यालोलाई जानकारी दिनुभयो ।
बसमा १७ जना रहेकामा चालक बैतडीको पुर्चौडी–८ का २४ वर्षीय वीरेन्द्र बोहरासहित १२ जना घाइते भएका छन् । उनीहरू सबैको धनगढीमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उज्यालो
October 16, 2024 4:53 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

