दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
काठमाण्डौ – सत्तारूढ दल नेकपा एमालेले अहिले काठमाण्डौको दरबारमार्गमा सभा गरिरहेको छ । विभिन्न ठाउँबाट निस्किएको र्याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा आयोजित सभालाई एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ । सभामा पार्टीका नेता, कार्यकर्ता सहभागी छन् ।
काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा जागरण सभाको आयोजना गरेका हुन् । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले यो जागरणसभा आयोजना गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
र्याली नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलको नेतृत्वमा निस्किएको थियो । एमालेसहित विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । काठमाण्डौको कोटेश्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरिरहेका छन् ।
यस्तै माइतीघरमा सहकारी पीडितले आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
एमालेको सभा, कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थक र माइतीघरमा सहकारी पीडितको आन्दोलनका कारण आज काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल भएको छ । विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएको छ । दरबारमार्ग क्षेत्रमा गाडी प्रवेश गर्न दिइएको छैन । ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वरमा गाडी नरोक्ने योजना बनाए पनि ती ठाउँमा बिहानैदेखि गाडीको चाप छ । गाडीको आवागमनमा प्रभाब पर्ने ठाउँमा वैकल्पिक सडकको प्रयोग गरी यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । उज्यालो
November 22, 2024 3:48 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ