एनपीएल : कर्णालीले काठमाण्डाैलाई दियाे १ सय ५० रनकाे लक्ष्य, धवनकाे अर्धशतक
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले काठमाण्डाै गुर्खाजलाई १ सय ५० रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायाे । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियाेगिताकाे पहिलाे अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चाैका प्रहार गरे । काठमाण्डाैका गेरहार्ड इरस्मसले २ विकेट लिए ।
दुवै टाेली आज पहिलाे जीतकाे खाेजीमा छन् । कर्णाली पहिलाे खेलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे भने काठमाण्डाै चितवन राइनाेजसँग पराजित भएकाे थियाे ।
एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स खेल्दैछन् । विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो । उज्यालो
December 4, 2024 12:15 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
Loading...