

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको प्रेस प्रेस बिज्ञप्ती

प्रेस बिज्ञप्ती
मिति २०८१ चैत्र १५ गते राजसंस्थाको पुनर्स्थापनाको माग नाम दिएर गरिएको हिंसात्मक प्रदर्शनको समाचार संकलनका क्रममा आगजनीमा परि एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दु:खद निधन भएको घटना प्रति नेपाल पत्राकार महासंघ वैदेशिक कुवेतको गम्भीर ध्यानाकर्षण भएको छ।
प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण , कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यलय तोडफोड , हिमालयन टेलिभिजनको गाडीमा क्षति पुर्याउने कार्य तथा सार्वजनिक तथा निजि सम्पत्तिमाथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलाप प्रति वैदेशिक शाखा कुवेत कडा भत्सर्ना गर्दछ ।
लोकतान्त्रिक अधिकार भित्र रहि शान्तिपूर्ण आन्दोलन गर्नु जायज रहे पनि पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममा आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रता दमन गर्ने कार्य पूर्ण रुपमा अस्वीकार्य , निन्दनीय र आपराधिक छ ।
सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह र सञ्चारकर्मीहरुको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा यस्ता खालका घटनाहरु नदोहोरिउन भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न वैदेशिक शाखा कुवेत जोडदार माग गर्दछ ।
March 30, 2025 2:15 pm | दुरघटना

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

