ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने
7 months अगाडी
manoj Thapa
काठमाण्डौ – ओमान सरकारले भिसाविहीन नेपालसहित आप्रवासी श्रमिकलाई तीनमहिने आममाफी दिएको छ ।
ओमानको श्रम मन्त्रालयले भिसा सकिएर कानूनी हैसियतबिना बसोबास गरिरहेका श्रमिकलाई जरीवाना नतिरी स्वदेश फर्किनको तीन महिनाको समय दिएको हो ।
यो योजनाअनुसार स्वदेश फर्किने नेपाली श्रमिकका लागि जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासले विज्ञप्ति निकालेर यो योजनाको लाभ लिन भिसाविहीन नेपालीलाई अनुरोध गरेको छ । दूतावासले स्वदेश फिर्ती प्रक्रियाको लागि सहजीकरण गर्ने जनाएको छ ।
ओमानमा भिसाविहीन नेपाली कति छन् भन्ने यकिन छैन । त्यहाँ करिब २२ हजार नेपाली कार्यरत छन् । उज्यालो
May 6, 2025 10:49 am | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...