

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाण्डौ – आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोट प्रतियोगितामा ऐतिहासिक सफलता प्राप्त गर्दै नेपाली राष्ट्रिय महिला टोली स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बेलुका नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले स्वागत गरेका हुन् ।
चोटको कारण यो पटक टोली बाहिर रहेकी सीता राना मगर र पूव राष्ट्रिय खेलाडी करुणा भण्डारी पनि खेलाडीलाई स्वागत गर्न र खुशी साट्न पुगेका थिए ।
थाइल्यान्डमा भएको प्रतियोगितामा सुपर थ्रीमा यूएईलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट भएको थियो ।
१८ वर्षमा यो सफलता खेलाडीको मिहिनेत र पछिल्लो समयको आलोचनाको प्रतिफल भएको कप्तान इन्दु बर्माले बताइन् ।
तीन समूहबाट सुपर थ्रीमा पुगेका नेपाल, थाइल्यान्ड र यूएईमध्ये शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्ने नियमअनुसार नेपाल र आयोजक थाइल्याण्ड छनोट हुन सफल भएका हुन् ।
उपाधिका लागि भएको खेलमा भने नेपाल थाइल्यान्डसँग हारेको थियो । ग्लोबल क्वालिफायरमा १० राष्ट्रबीच विश्व कप प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ ।
१० राष्ट्रलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहको दुई शीर्ष टोली २०२६ को जुनमा इङ्गल्याण्डमा हुने विश्व कपको लागि छनोट हुनेछन् । उज्यालो
May 22, 2025 9:04 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

