Sunday 25th May 2025

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्लाको लिमी पुग्यो

5 hours अगाडी

हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री पुगेको छ ।

प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी टेन्ट, म्याट्रेस सेटलगायत राहत सामग्री आइपुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

प्रदेश सरकारले पठाएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिनुभएको हो ।

कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ ।

गएको जेठ १ गते राति गाउँभन्दा माथिबाट बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् ।

तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली प्रभावित क्षेत्रमा खटिएको छ । उज्यालो

          May 25, 2025 2:51 pm | प्रकोप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...