अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।
मे ३१ तारिखमा बसेको अन्तर्राष्ट्रिय झापाली समाजको कार्य समितिको सत्रौं पूर्ण बैठकले आगामी असोज २३ र २४ गते (अक्टोबर ९ र १० तारिख) का दिन पाँचौ अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
असोज २३ गते बन्द सत्र र २४ गते अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ । बैठकले अधिवेशन तयारीका लागि आवश्यक विभिन्न समिति समेत गठन गरेको छ । अधिवेशनले सन् २०२५–२०२७ सम्मको कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्ने छ ।
सन् २०१७ मा स्थापित अन्तराष्ट्रिय झापाली समाजले विभिन्न समाजिक कार्यहरु बाहेक हालसम्म चार वटा क्षेत्रीय सम्मेलन तथा चार वटा अधिवेशन सम्पन्न गरेको छ । आगामी अधिवेशनका लागि सम्पूर्ण राष्ट्रिय समितिहरु साथै विश्वभर रहेका सम्पूर्ण झापाली महानुभावहरुलाई प्रत्यक्ष सहभागिताका लागि आग्रह समेत गरिएको छ ।
विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले विश्वभरि रहेका झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
June 3, 2025 11:49 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर