भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार
6 months अगाडी
manoj Thapa
काठमाण्डौ – आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्याइ बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले ३५ जना नेपालीको उद्धार गरिएको जानकारी दिएको छ ।
काशीपुरबाट उद्धार गरिएका ती युवाहरु १६ देखि ४१ वर्षसम्मका छन् । उनीहरू दुई हप्तादेखि १० महिनासम्म बन्धक थिए । उद्धार गरिएकाहरु ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, सुनसरी, उदयपुर, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी जिल्लाका छन् ।
दूतावासले विज्ञप्ति निकालेर उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्याइएका युवालाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिलाई समेत उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ । उज्यालो
June 22, 2025 8:55 am | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...