३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने
काठमाण्डौ – सरकारले आउँदो भदौ ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकराले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत काठमाण्डौ उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार खाद्य व्यवस्था कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभर एक सय ११ वटा ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै साल्ट ट्रेडिङ कर्मोरेसनले काठमाण्डौ उपत्यकासहित देशका ३८ वटा ठाउँमा सुपथ मूल्य सपल सञ्चालन गर्नेछ ।
सहुलियत मूल्य पसलबाट विभिन्न खाद्यवस्तुमा किलोको दुई रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । सुपथ मूल्य पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सबै प्रकारको चामल, गहुँ दाना, चिनी, दाल र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ, चिउरा, पिठो, मैदा र आँटामा प्रतिकिलो सात रुपैयाँ, जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका र च्याङग्राका प्रतिकिलो १० रुपैयाँ छुट मूल्यमा बिक्री गर्नेछ ।
यस्तै खानेतेलतर्फ तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेलमा प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी तथा फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी र बासमती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारले व्यवस्था गरेको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले नुन र चिनीमा प्रतिकिलो दुई, तेल चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिने व्यवस्था गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनल काठमाण्डौ उपत्यकाको कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल महाराजगञ्जमा सुपथ मूल्य पसलका साथै तीन वटा घुम्ती पसल सञ्चालन गर्नेछ ।
यस्तै काठमाण्डौ उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको सुर्खेत, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिराहाको लाहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ । कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा यस्तो पसल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।
यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । जसअनुसार झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, ललिलपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, खोटाङ, सिराहा, धनुषा,पर्सा, काठमाण्डाै, दैलेख, डोल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट, हुम्ला, कैलाली र डडेलधुरामा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ । यस्तै बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । उज्यालो
September 2, 2025 9:01 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर