भागेका कैदीबन्दी कहिँकतै देखिए तत्काल जानकारी दिन प्रहरीको आग्रह
काठमाण्डौ – गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीले निगरानी बढाएको छ । नेपाल प्रहरीले दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा उनीहरु गाउँघरमा देखिन या भेटिन सक्ने भएकाले नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ । भागेकामध्ये झन्डै आठ हजार जना कैदीहरू कारागार फर्किएका छन् भने अझै छ हजार फरार छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सम्भावित घटना रोक्न जिल्ला प्रहरी कार्यालयलाई आवश्यक पत्राचार भइसकेको छ । सुरक्षाका दृष्टिले कुनै शङ्कास्पद गतिविधि वा भागेका कैदी देखिए तत्काल नजिकैको प्रहरी कार्यालय वा सुरक्षानिकायलाई जानकारी दिन पनि उहाँको आग्रह छ । कारागार व्यवस्थापन विभागले भागेका कैदीहरूलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ । उज्यालो
September 28, 2025 4:38 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर