अबको सत्तामा जेन–जीको निरन्तर निगरानी
जेन–जी आन्दोलनपछि नागरिक सरकार गठन भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको नेतृत्व गर्नुभएको छ । सरकारमा सम्बन्धित क्षेत्रको विज्ञता र अनुभव भएका व्यक्तिलाई सोही क्षेत्रसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसरी हरेक मन्त्रालयमा तत्तत् क्षेत्रका विज्ञ मन्त्री भएको नेपालमा पहिलो पटक नै होला । जेन–जीले चाहेको मन्त्रिमण्डल पनि यस्तै हो ।
विगतमा पार्टी तथा तिनका शीर्ष नेताहरूले भागबन्डाका आधारमा नेताहरूलाई जिम्मेवारी दिने गरेका थिए । पार्टीका संस्थापन र इतरपक्षीय नेताहरूले भागबन्डा गरेर सरकारमा सहभागिता जनाउने गरेका थिए । पार्टी नेतृत्वको नजिकका नेतामात्र पटकपटक मन्त्री बन्दै आएका थिए ।
गठबन्धनका सरकारमा अन्य दलले पनि आफ्नो स्वार्थअनुसार नेताहरूलाई मन्त्रालयको जिम्मेवारी दिने गरेका थिए । यसले भ्रष्टाचार, अनियमितता, दण्डहीनतालाई मात्र बढावा दिएको थियो । सुशासन र विकास जनताले अनुभूत गर्न पाएका थिएनन् ।
तर, अब भने विज्ञले सम्बन्धित मन्त्रालय सम्हाल्दै हुनुहुन्छ । आफ्नो अध्ययन, सीप र लामो समयदेखि सोही क्षेत्रमा कार्य गर्दै आएको दक्ष व्यक्तिले सम्बन्धित मन्त्रालयमा काम गर्दा नतिजा पक्कै अपेक्षाभन्दा उत्कृष्ट आउँछ । हामीले चाहेको देश स्विट्जरल्यान्ड, थाइल्यान्ड वा अमेरिका होइन । नेपाल नेपालजस्तै हुनुपर्छ भन्ने हो । यहाँको माटो सुहाउँदो विकास हुनुपर्छ भन्ने हो । कान्तिपुर
September 30, 2025 9:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार