जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
काठमाण्डाै – जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये झन्डै पाँच हजार जना अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार बालसुधारगृहका समेत गरी १४ हजारभन्दा धेरै कैदीबन्दी भागेकामा झन्डै पाँच हजार जना जेल फर्किएका छैनन् ।
दशैँ, तिहार र छठ लगायतका पर्व सकिने क्रममा रहेकोले अब फरार कैदीबन्दीको खोजीलाई तीव्र बनाउने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदल सक्रिय छ । कार्यदलले पालिका र वडा कार्यालयसँग समेत समन्वय गरेर फरार कैदीबन्दीको सूचना सङ्कलन गर्ने र पक्राउ गर्ने काम गर्ने जिम्मेवारी पाएको छ ।
यस्तै शैक्षिक संस्था, टोल सुधार समिति तथा स्थानीय क्लब, सार्वजनिक गाडी, बसपार्क, मनोरञ्जन स्थलहरू, सीमा नाकालगायतका ठाउँमा फरार रहेका कैदीबन्दीको नामावली पठाएर खोजतलास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
अब फरार कैदीबन्दीको तस्वीर प्रकाशन गर्ने तयारी रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनुभयो । सार्वजनिक ठाउँमा कैदीबन्दीका तस्वीर टाँसिएमा पहिचान गर्न सहज हुने विश्वास छ ।
यस्तै विभागले फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही हुने जानकारी गराएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि फरार कैदीबन्दी मुख्य चुनौती हुने देखिएपछि उनीहरूलाई पक्राउ गर्न सरकारलाई दबाव बढिरहेको छ । उज्यालो
October 26, 2025 4:41 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार