भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
अमेरिकीले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आँखामा पट्टी बाँधिएको’ मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’ मा सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक तस्बिरमा ६३ वर्षीय मदुरोले ट्रर्याक सुट लगाएको र एउटा प्लास्टिकको पानीको बोतल समातिरहेको अवस्थामा देखिनुभएको छ । ट्रम्पले भेनेजुएलामा सत्ताको सुरक्षित हस्तान्तरण नभएसम्म अमेरिकाले नै त्यहाँको शासन व्यवस्था सञ्चालन गर्ने बताउनुभएको छ । साथै, उहाँले भेनेजुएलाको विशाल कच्चा तेल भण्डार उत्खननका लागि अमेरिकी तेल कम्पनीहरूलाई तत्काल अनुमति दिने घोषणासमेत गर्नुभएको छ ।
न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले यसलाई एउटा ‘शानदार अपरेसन’ को संज्ञा दिनुभएको छ । भेनेजुएला सरकारले आक्रमणलाई वासिङ्टनको ‘अत्यन्त गम्भीर सैन्य आक्रमण’ भन्दै देशमा संकटकालको घोषणा गरेको छ । भेनेजुएलामा अमेरिकी आक्रमण र मदुरो पक्राउ परेपछि विश्व समुदाय भने विभाजित देखिएको छ । रुस र इरानले यो सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् ।
अमेरिकाको सहयोगी देश फ्रान्स र युरोपेली संघ (ईयू) ले समेत यस कदमप्रति गम्भीर चिन्ता र संशय व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायत ‘कुनै पनि हिसाबले संलग्न नभएको’ बताउनुभएको बीबीसीले जनाएको छ ।
चीनले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमण र त्यसका राष्ट्रपतिमाथि गरिएको कारबाहीको कडा शब्दमा निन्दा गरेको छ । यस्तै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ‘तनाव वृद्धितर्फ जिम्मेवार’ बन्नका लागि आह्वान गर्नुभएको छ । उज्यालो
January 4, 2026 8:55 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार