Saturday 11th April 2026

हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता

2 hours अगाडी

काठमाण्डौ – सरकारले हप्तामा दुई दिन बिदा दिएपछि त्यसको सबैभन्दा ठूलो असर विद्यालय शिक्षामा पर्ने अभिभावक तथा नीजि विद्यालय सञ्चालकहरुले बताएका छन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै विद्यालयहरूलाई आउँदो वैशाख १५ बाट भर्ना अभियान थाल्न र २१ गतेबाट मात्रै नयाँ शैक्षिक सत्रको पठनपाठन शुरू गर्न भनेको छ ।

एकातिर दुई दिन बिदा र सँगै नयाँ शैक्षिक सत्र समेत अघिल्लो वर्षको भन्दा पछाडि सारिएपछि शिक्षामा समस्या आउने चिन्ता बढेको हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले त निर्णय नै गरेर वैशाख २ गतेदेखि नै भर्ना शुरू गरेर साविककै समयमा पढाई शुरू गर्ने बताएको छ ।

यस्तै विद्यालयसहित सबै कार्यालय हप्तामा ६ दिन खुल्ला गर्ने गाउँपालिकाको निर्णय छ । प्रधानअध्यापक सङ्घका अध्यक्ष सुदनप्रसाद गौतम दुई दिन बिदा हुँदा पाठ्यभारमा असर पर्ने बताउनुहुन्छ । उहाँका अनुसार पाठ्यक्रम विकास केन्द्रले २ सय २० दिनको पाठ्क्रयम बनाएको छ । अब ५२ दिन थप बिदा हुँदा त्यो पूरा गर्न सकिँदैन ।

विकसित देशहरुमा हप्तामा तीन चार दिन पढाएका उदाहरण पनि छन् । तर हाम्रोमा त्यो हैसियतको शिक्षक तयार भइनसकेको विज्ञहरु बताउँछन् । पेट्रोलियम पदार्थको सङ्कट भएको बेला विशेष व्यवस्था गरे पनि अहिले नै हाम्रो शिक्षा प्रणाली हप्तामा पाँच दिन पढाउने गरी तयार नभइनसकेको उनीहरुको भनाइ छ । उज्यालो

          April 11, 2026 4:48 pm | शिक्षा


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...