निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ्।
निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा महाबुल्ला ब्लक–२ स्थित सुपर क्लिनिकमा सम्पन्न एक दिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयको छ्। यस कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ ।

यस स्वास्थ्य शिविरमार्फत ३०० भन्दा बढी नेपाली समुदायका सदस्यहरूले रगतमा मधुमेह (सुगर), कोलेस्ट्रोल तथा रक्तचाप परीक्षण गराउनुका साथै आँखा, दाँत तथा जनरल फिजिसियनबाट निःशुल्क स्वास्थ्य परामर्श सेवा प्राप्त गर्नुभएको छ। साथै अन्य आवश्यक स्वास्थ्य परीक्षणहरूमा मेट्रो मेडिकल सेन्टरले प्रदान गरेको विशेष सहुलियतले नेपाली समुदायलाई थप लाभ पुगेको छ्।

कार्यक्रममा सहभागी भई आफ्नो गरिमामय उपस्थितिबाट हौसला र प्रेरणा प्रदान गर्नुहुने कुवेतस्थित नेपाली राजदूतावासका महामहिम राजदूत श्री घनश्याम लम्सालज्यू, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) कुवेतका प्रतिनिधि श्री अमिश कार्कीज्यू, एनआरएनए आईसीसी सचिव श्री सुजन केसीज्यू, एनआरएनए कुवेतका अध्यक्षद्वय श्री विकास बहादुर सिंह ज्यू तथा श्री दिलकुमार पाख्रिन ज्यू, मेट्रो मेडिकल सेन्टरका मार्केटिङ प्रमुख श्री बशिर बाथाज्यू, अल मुल्ला एक्सचेन्ज कुवेतका नेपाल विभागीय प्रमुख श्री भुवन सुवेदीज्यू तथा श्री विजय सुवेदीज्यू, राष्ट्रिय स्वतन्त्र पार्टी कुवेतका सभापति श्री ईश्वर भण्डारीज्यू लगायत विभिन्न सामाजिक संस्था, राजनीतिक संगठन तथा नेपाली समुदायका प्रतिनिधिहरू उपस्थिति रहएको थियो।

यस कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहकार्य, सहयोग तथा प्रोत्साहन प्रदान गर्नुहुने अल मुल्ला एक्सचेन्ज कुवेत, डाम्पा चौतारी ग्रुप कुवेत, नमस्ते नेपाली रेस्टुरेन्ट, डीबी कलेक्सन, निरेम ट्राभल्स तथा यात्री समाज प्रति आयोजक परिवार विशेष हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै । यहाँहरूको अमूल्य साथ र सहयोगले कार्यक्रमलाई अझ सोभा बढायाको थियो ।
त्यसैगरी, आफ्नो व्यस्त समयका बाबजुद स्वास्थ्य परीक्षण तथा परामर्श सेवाका लागि उपस्थित स्वास्थ्य लाभ लिनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विशेषगरी घरेलु महिला श्रमिक, विभिन्न कम्पनीमा कार्यरत श्रमिक तथा डेलिभरी क्षेत्रमा कार्यरत राइडर साथीहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दै।

कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन खटिनु हुने मेट्रो मेडिकल सेन्टरका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू, स्वयंसेवकहरू, सञ्चारकर्मी मित्रहरू तथा निरेम प्रोडक्सन कुवेतका सम्पूर्ण पदाधिकारी, सदस्य र सहयोगी हातहरूप्रति विशेष कृतज्ञता व्यक्त गरै।
नेपाली समुदायको स्वास्थ्य, जनचेतना तथा सामाजिक हितलाई केन्द्रमा राखी आगामी दिनहरूमा पनि यस्ता सेवामूलक तथा जनहितकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण नेपाली समुदाय, सहयोगी संस्था तथा शुभेच्छुकहरूबाट निरन्तर साथ, हसयोगको अपेक्षा ।
कार्यक्रम संयोजक
सुरेन्द्र लिम्बू
निरेम प्रोडक्सन
June 6, 2026 5:07 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा हुदै ।
राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान
राहदानी विभागको प्रवेशद्वार अगाडि युवकले आत्मदाह प्रयास गरे
वैदेशिक रोजगारीको सामाजिक लागत
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी
सरकारको आश्वासनपछि चिया उद्योग खुले
रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।