सरकारको आश्वासनपछि चिया उद्योग खुले
2 months अगाडी
manoj Thapa
काठमाण्डाै – सरकारको आश्वासनपछि चिया उद्योगहरु खुलेका छन् । भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका हुन् ।
सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो ।
चिया निर्यातमा अवरोधका कारण १० लाख किलोभन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि र झापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार ४ गतेदेखि बन्द भएका थिए ।
चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ । उज्यालो
June 25, 2026 8:33 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेम जिमी सम्मानित
वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म
नेपाल पत्रकार महासंघ कुवेतको रक्तदान तथा माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको तयारी पुरा
Loading...