इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी
– इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौँ मानिसहरू सहभागी भएका छन् ।
एक करोडभन्दा बढी मानिस तथा सयभन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका–इरानबीच सैन्य कारबाही नहुने र त्यसपछि वार्ता पुनः सुरु हुने बताउनु भएको छ ।
तर गाजा र दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका–इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ । अन्त्येष्टि जुलाई ९ मा खामेनीको गृह शहर मशहदमा समापन हुनेछ ।
गएको फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको ज्यान गएको थियो । अमेरिका–इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोज्तबा घाइते हुनुभएको थियो । अहिले मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ ।
खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूहमार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो । खामेनीले ३६ वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो । उज्यालो
July 5, 2026 8:54 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेम जिमी सम्मानित
वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म
नेपाल पत्रकार महासंघ कुवेतको रक्तदान तथा माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको तयारी पुरा