राहदानी विभागको प्रवेशद्वार अगाडि युवकले आत्मदाह प्रयास गरे
1 month अगाडी
manoj Thapa
काठमाण्डाै – काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते हुनुभएको छ ।
प्रहरीका अनुसार दिउँसो पौने २ बजेतिर राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगुकाे सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनुभएकाे हाे ।
‘राइड शेयरिङ’ को काम गर्दै आएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले ‘व्हील लक’ लगाइदिएपछि विवादसमेत भएको पाइएको छ । पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाण्डौ जिल्ला प्रहरी परिसरले जनाएको छ ।
शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको छ । उज्यालो
July 9, 2026 4:39 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेम जिमी सम्मानित
वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म
नेपाल पत्रकार महासंघ कुवेतको रक्तदान तथा माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको तयारी पुरा
Loading...