राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान
काठमाण्डौ – राहदानी विभाग अगाडि आफूलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर वार्ता भइरहेको छ ।
परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान दोहोर्याएका छन् । मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कारबाही, घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धता माग गरेको छ ।
यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरकारी पक्ष र परिवारबीच हिजो अबेरसम्म वार्ता भए पनि अन्तिम सहमति हुन सकेन । परिवारले शव नबुझेकाले पोस्टमार्टम प्रक्रिया पनि अघि बढ्न सकेको छैन । वीर अस्पतालमा लामो समय शव राख्ने पर्याप्त साधन नभएकाले शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा सारिएको छ ।
घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । घटनामा नगर प्रहरीको भूमिका, ह्विल लक लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाक्रमबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुगुको सोरु गाउँपालिका–६ का गणेश नेपाली भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए । उज्यालो
July 12, 2026 8:58 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेम जिमी सम्मानित
वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म
नेपाल पत्रकार महासंघ कुवेतको रक्तदान तथा माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको तयारी पुरा