Tuesday 18th August 2026

खोटङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा हुदै ।

1 month अगाडी

कुवेत/ खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव भव्य रूपमा मनाउने निर्णय गरेको छ। आज मिति 2026/7/17 तारिकमा २६औं मासिक बैठकमा कुवेत स्थित एसियन नेपाली रेस्टुरेन्टमा यस संस्थाका अध्यक्ष श्री विष्णु प्रसाद भट्टराइ ज्युको अध्यक्षतामा बसेको भैठकले  सर्वसम्मत रूपमा उक्त मिति पारित गरेको छ। सेप्टेम्बर 25/2026 का दिन कार्यक्रम आयोजना गरिने र साथै नेपाल बाट  पनि कलाकार  आमन्त्रित गरीने  यस संस्थाका संचार विभागका प्रमुख पर्सु पन्डितले जान्कारी दिनुभयको छ।

२६औं मासिक बैठक मिति 2026/08/17 तारिक शुक्रबार का दिन कुवेतस्थित एसियन नेपाली रेस्टुरेन्टमा संस्थाका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराई ज्यूको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा उक्त मिति पारित गरेको हो।

कार्यक्रम बिहान १० बजे बाट सुरु हुनेछ भने स्थान पछि सार्वजनिक गरिने संस्थाले जनाएको छ।यस अवसरमा संस्थाले कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाहरू सँग उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ। साथै सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदी ,बहिनी हरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन विनम्र अनुरोध गरेको छ।

आयोजक खोटाङ कुवेत सम्पर्क मञ्च

मिति – 25/08/2026

समय -10 बजे

स्थान – तोकीयको छैन

          July 17, 2026 11:54 pm | समाज,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...