माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेम जिमी सम्मानित
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार-२०२६’ बाट पत्रकार प्रेम कुमार जिमी सम्मानित हुनुभएको छ। शाखाको १७ औँ स्थापना दिवसको अवसरमा जाबेरियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित रक्तदान तथा पुरस्कार वितरण समारोहमा उहाँलाई उक्त पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको हो।

नेपालमा रहँदा विभिन्न रेडियो तथा सञ्चार माध्यमहरूमा क्रियाशील रहनुभएका जिमी हाल कुवेतमा निरेम प्रोडक्सन प्रालिको अध्यक्षका रूपमा सक्रिय हुनुहुन्छ। उहाँ समाचार लेखनका साथै प्राविधिक विषयमा पनि दक्ष मानिनुहुन्छ। कुवेतमा रहेर प्रवासमा नेपाली पत्रकारिताको विकास, समसामयिक विषयवस्तुको उजागर तथा परोपकारी कार्यमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार चयनका लागि महासंघका संरक्षक जय आले मगरको संयोजकत्वमा सल्लाहकार आनन्द आचार्य र अध्यक्ष एकराज मल्ल सदस्य रहेको छनोट समिति गठन गरिएको थियो। सोही समितिले जिमीलाई सर्वसम्मत रूपमा उक्त पुरस्कारका लागि चयन गरेको हो।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १७औं स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
August 8, 2026 4:39 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान