तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
कुवेतमा कार्यरत तमू (गुरुङ) हरूको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ) समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व तमू ल्होछार आगामी जनवरी १ (पौष १७), शुक्रबार विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित मनाउने भएको छ।
“गुरुङ जातिको मौलिक पहिचान, जातीय उत्थान र एकताका निम्ति सम्पूर्ण तमू एक हौँ” भन्ने मूल नाराका साथ एक दशकभन्दा लामो समयदेखि कुवेतमा सक्रिय रहँदै आएको तमू समाज कुवेतले यस वर्षको ल्होछारलाई भव्यताको साथ मनाउन लागेको समाजकी अध्यक्ष रञ्जना गुरुङले जानकारी दिनुभएको छ।
तमू (गुरुङ) समुदायको परम्परागत ल्हो कोर (वर्ग चक्र) अनुसार हरेक बर्षको पौष १५ देखि पुरानो ल्होको अवधि समाप्त भई नयाँ ल्हो सुरु हुने जन विश्वास अनुरुप यस वर्ष ‘त’ ल्हो (घोडा वर्ग) को समय अवधि समाप्त हुने र ‘ल्हु’ ल्हो (भेडा वर्ग) को शुरुवात हुने हुदा नयाँ ल्होलाई स्वागत गर्ने परम्परा रही आएको छ। यस अवसरमा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, विभिन्न सांस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गर्ने र परम्परागत खेलकुद मार्फत मनोरञ्जन लिदै आपसमा खुसीयाली साटने गरिन्छ।
तमू समुदायको मौलिक परम्परा, संस्कृति, पहिचान तथा सामाजिक एकता सँग प्रत्यक्ष जोडिएको यस महत्वपूर्ण पर्वलाई यही जनवरी १, २०२७ शुक्रबार भव्य रूपमा मनाउने तयारी भइरहेकोले कुवेतमा क्रियाशील सम्पूर्ण संघ–संस्था तथा सामाजिक संस्थाहरूलाई उक्त दिन अन्य कार्यक्रम नजुधाइ दिन तमू समाज कुवेतले अग्रिम अनुरोध गरेको छ।
August 9, 2026 4:43 pm | लोकप्रिय,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान