Saturday 12th September 2026

निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु

1 month अगाडी

गत वर्षको निरेम सांगीतिक उत्सव सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको थियो। सोही कार्यक्रमको समापनका क्रममा स्टेजबाटै हामीले निरेम सांगीतिक उत्सवको अर्को संस्करण आगामी जनवरी ०१, २०२७ मा आयोजना गर्ने घोषणा गरेका थियौँ।

सोही घोषणाअनुरूप, निरेम सांगीतिक उत्सवको चौथो संस्करण आगामी नयाँ वर्षको दिन अर्थात् जनवरी ०१, २०२७ मा यहाँहरूमाझ अझ नयाँ, उत्कृष्ट र विशेष प्रस्तुति लिएर आउने तयारी सुरु भइसकेको जानकारी गराउन चाहन्छौँ।

यस विशेष दिनलाई नेपाली संगीत, कला र मनोरञ्जनसँग जोड्दै अझ भव्य बनाउन हामी तयारीमा जुटिसकेका छौँ।

साथै, जनवरी ०१, २०२७ का दिन अन्य कुनै कार्यक्रम आयोजना नगरी निरेम सांगीतिक उत्सवसँग कार्यक्रम नजुधाइदिनुहुन सम्बन्धित सम्पूर्ण संघ–संस्था, आयोजक तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौँ।

नयाँ वर्षको पहिलो दिन, संगीतसँगै नयाँ सुरुवात! ❤️🎶

निरेम सांगीतिक उत्सव–२०२७

चौथो संस्करण | जनवरी ०१, २०२७

          August 9, 2026 4:46 pm | संगीत,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...