कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै झापा बुद्धशान्ति गाउँपालिका–४ वडा कार्यालयले नेपाली राजदूतावास कुवेतसँग खोजी तथा उद्धारका लागि पहल गर्न अनुरोध गरेको छ।
वडा कार्यालयका अनुसार करिब १० महिनाअघि कुवेत पुगेकी पूजा पछिल्लो ६ महिनादेखि परिवारसँग सम्पर्कविहीन छिन्। परिवारले लामो समयसम्म सम्पर्क हुन नसकेपछि वडा कार्यालयमार्फत दूतावासमा खोजी तथा उद्धारका लागि निवेदन दिएको हो। पत्रको बोधार्थ एनआरएनए एनसीसी कुवेत र नेपाल पत्रकार महासंघ कुवेत शाखालाई समेत दिइएको छ।पूजाबारे कुनै जानकारी वा सम्पर्कमा रहेका व्यक्तिले परिवार वा नेपाली राजदूतावास कुवेतलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।
यस घटनाले वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्ने आवश्यकता समेत पुनः स्मरण गराएको छ। प्रतिबन्धित वा अवैधानिक बाटोबाट घरेलु कामदारका रूपमा विदेश जाँदा समस्या परेमा उद्धार, कानुनी सहायता तथा अन्य सरकारी सेवामा कठिनाइ हुन सक्ने भएकाले सम्बन्धित निकायले तोकेको कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
August 13, 2026 10:25 pm | सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान