कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
मध्यपूर्वी देश कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली चाडपर्वलाई प्रवासमा पनि मौलिक रूपमा मनाउने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी ११ सेप्टेम्बर २०२६, शुक्रबार साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम आयोजना हुने भएको हो।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई नेपाली कला, संस्कृति, परम्परा र आपसी सद्भावका साथ मनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली खानाका परिकारसँगै गीत–संगीत, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्।
अल्मुला एक्सचेन्जको मुख्य प्रायोजनमा आयोजना हुन लागेको तीज विशेष कार्यक्रममा कुवेतमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई सहभागी भई तीजको खुसी साटासाट गर्न आयोजक निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपका संयोजक सुरेन्द्र लिम्बूले हार्दिक निमन्त्रणा गरेका छन्। साथै, कार्यक्रमलाई व्यवस्थित बनाउन इच्छुक सहभागीहरूले समयमै नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ।
कुवेतमा सञ्चारकर्मसँगै सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना र व्यवस्थापनमा निरेम ग्रुप सक्रिय रहँदै आएको छ।
August 14, 2026 4:48 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान