ओलम्पिक छनोट : म्यानमारविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौँ, २५ कात्तिक । ओलम्पिक महिला फुटबलको एसियन छनोटको छनोटको पहिलो खेलमा भारतसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा नेपालले म्यानमारसँग आमनेसामने गर्दैछ ।नेपाली समय अनुसार खेल बेलुका ५ः१५ मा याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुनेछ ।
दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाललाई म्यानमारविरुद्ध गतिलो नतिजा निकाल्नु पर्ने बाध्यता रहेको छ । बलियो टोली मानिएको म्यानमारलाई कमजोर सोच्नु नेपालका लागि अर्को ठुलो गल्ती हुनसक्ने बताइएको छ ।
पहिलो खेलमा बंगलादेशलाई ५-० गोले हराएको म्यानमारले नेपाललाई पनि कडा चुनौती दिने र नतिजा आफ्नो पोल्टामा पार्ने दाउमा रहेको छ । नेपालले भने भारतसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो चरण सम्भावना जिवित राख्न नेपालले म्यानमारलाई पराजित गर्नै पर्ने बाध्यता रहेका कारण पनि नेपालले उत्कृष्ट खेल खेल्ने अपेक्षा राखिएको छ ।समूह सी मा रहेको नेपाल १ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । म्यानमार भने ३ अंक जोडेर शीर्ष स्थानमा छ । १ अंक जोडेको भारत तेस्रो र बंगलादेश पुछारमा छ ।
November 11, 2018 11:26 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)