Sunday 24th May 2026

अत्याधुनिक अमेरिकी हतियार ‘नेपाल आउन तयारी अवस्थामा’

7 years अगाडी

आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओको निम्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यसै साता वाशिङ्टन डीसी आइपुग्दा अमेरिकी सेनाले सन् २०१८ मा नेपाललाई अत्याधुनिक हतियारहरू बिक्री गर्न सफलता प्राप्त भएको विवरण सार्वजनिक गरेको थियो।भारत तथा प्रशान्त क्षेत्र हेर्ने आफ्नो इन्डो-प्यासिफिक कमान्डले एम सिक्सटिन, ए फोर र एम फोर कार्बाइन नामक अत्याधुनिक राइफलहरू नेपाललाई बिक्री गर्न स्वीकृति जनाएको अमेरिकी सेनाको वेब्साइटमा उल्लेख छ।

नेपाली अधिकारीहरूले राष्ट्रस‌ङ्घीय मिसनमा खटिने फौजका लागि ती हतियार खरिद गर्न लागिएको र त्यो नौलो विषय नभएको उल्लेख गरेका छन्। तर सुरक्षा मामिलासम्बन्धी कतिपय जानकारहरू पछिल्लो हतियार खरिद सहितका विभिन्न घटनाक्रमले हालैका वर्षहरूमा गहिरिँदै गएको नेपाल अमेरिका रक्षा सम्बन्धलाई सङ्केत गर्ने बताउँछन्।

अमेरिकाले नेपाललाई दिएको प्राथमिकताले के क्षेत्रीय समीकरणमा परिवर्तन ल्याउला?उत्तर कोरिया मामिलामा नेपालको ‘भूमिका’ किन खोज्दैछ अमेरिका खरिद नेपालको रक्षा मन्त्रालयले पुराना हतियारलाई विस्थापित गर्न ६ हजार ४ सय ९२ नाल नयाँ हतियारको खरिद प्रकिया अघि बढेको र त्यसका लागि २ अर्ब १९ करोड ४१ लाख रूपैयाँ छुट्याइएको उल्लेख गरेको छ।कतिपयले अमेरिकाबाट हतियार खरिद गर्ने पछिल्लो निर्णयलाई हालैका वर्षमा नेपालको सैन्य कूटनीतिमा देखिएको परिवर्तनको एउटा हिस्सा ठान्छन्।

त्यसमा भारत र चीनबीच नेपालमा बढिरहेको भूराजनीतिक प्रतिस्पर्धामाझ अमेरिकाले नेपाली सेनासँग कायम गरेको घनिष्ठ सम्बन्ध जोडिएको जस्तो देखिन्छ।नेपालमा राणाशासनको अन्त्यपछि नेपाली सेनाको आधुनिकीकरण र तालिममा सघाउन भारतबाट एउटा विशेष सैनिक मिसन नेपाल आएको थियो।

अढाइ दशकभन्दा लामो समय नेपालमा बिताएको उक्त मिसनलले सेनाको साङ्गठनिक ढाँचाको निर्धारण, तालिम र बन्दोबस्ती सहितका क्षेत्रमा योगदान गरेको थियो।चीनसँगको युद्धमा भएको भारतको पराजय र त्यसलगत्तै चीनसँगको आफ्नो सीमाक्षेत्रमा बढेका तनावका माझ लामो विवादपछि नेपालले उक्त मिसनलाई बिदा गरेको थियो। सन् १९५० को शान्ति तथा मैत्री सन्धिले दुई देशबीच विशेष सम्बन्ध निर्धारण गरेको भन्दै विगतमा तेस्रो देशबाट नेपालले गरेका हतियार खरिदप्रति भारतले गम्भीर चासो देखाएका दृष्टान्त पनि छन्।

          December 21, 2018 11:35 am | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...