सुस्मा खनालले अमेरिकामा गीत संगीत र नाचमा उधुम मच्चाइन
नेपाली लोकगीत तथा दोहोरी गीत क्षेत्रका अग्रज कलाकार एबम पत्रकार रामप्रसाद खनालकी सुपुत्री सुस्मा खनालले अमेरिकामा गीत संगीत र नाचमा उधुम मच्चाएकी छिन । उनले भर्खरै अर्को एउटा गीतमा एकै पटक ४ वटा रोलमा अभिनय गरेर नयाँ रेकर्ड पनि कायम गरेकी छिन अमेरिकामा मात्र होइन अहिले विश्वभर नै युट्युब फेसबुक लगायतका सामाजिक सन्जाल र मिडियामा भाईरल भैरहेकी, मिलियनका मिलियन दर्शकले रुचाईएकी सुस्मा खनाल नेपाली, हिन्दी, अङ्रेजी र स्पानिस भाषामा गीत पनि गाउँछिन र नाच तथा अभिनयमा पोख्त छिन ।
बिदेशमा बस्ने नेपाली छोरीहरु मध्ये दर्शकका हिसाबले सबैभन्दा लोकप्रिय र धेरै दर्शकको आँखाको नानी बनिरहेकी सुस्माले हालसम्म सिँगल, डबल, ट्रिपल रोलमा अभिनय गरेकी थिइन भने अहिले एक्लैले आफ्ना बाबु रामप्रसाद खनालको गीतमा चार वटा रोलमा अभिनय गरेर नयाँ रेकर्ड कायम पनि गरेकी छिन । एउटा गीतमा चार वटा रोल गर्ने उनी मात्र एउटी नेपाली कलाकार हुन ।
हाल सम्म लोक गीत, दोहोरी गीत, राष्ट्रिय गीत, आधुनिक एबम फिल्मी गीतमा नाच प्रस्तुत गरेकी सुस्मा खनाल ९ बर्षको सानै उमेरमा अमेरिका आएकी थिइन । अमेरिकामा नेपाली सँस्कार र लोक सँस्कृतीलाई पुरै अँगाल्ने खनाल परिवारको घरमा पुग्दा जो कोही पनि प्रभाबित हुन्छन किनकी जहाँ घर भित्र अङ्रेजी बोल्न प्रतिबन्ध छ, नेपाली भाषानै बोल्नु पर्दछ खनाल परिवारले र खनाल परिवार सँग आगन्तुकले ।
खनाल निवास अमेरिका विन्चेस्टरमा घर भित्रै नेपाली मन्दिर छ जसमा शिव, पार्वती, बिष्णु, गणेश, दुर्गा, लक्ष्मी, सरस्वती, बुद्ध लगायतका देबी देबताका मुर्तीहरु छन र खनाल परिवार दैनिक पूजाआजा गर्दछन । नेपाली सँस्कृती र सँस्कारलाई नेपालमा भन्दा बढी अँगाल्ने खनाल परिवारकी छोरी सुस्माको नयाँ कोशेली तपाईं यो भिडियोमा हेर्न सक्नुहुन्छ । बधाई छ सुस्मा खनाल लाई यो एतिहासिक नयाँ कोशेलिका लागि जहाँ उनले चार वटा बिभिन्न रोलमा अभिनय गरेकी छिन ।
January 13, 2019 3:28 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)