यी कुरा पढ्नुहोस्, उमेर अनुसार फिट भए/नभएको जाच्नुहोस्
एजेन्सी । वृद्ध पिता तन्दुरुस्तीका साथ फूर्तिलो भएर काम गरिरहेका बेला तन्नेरी उमेरको तपाईं घरको भ¥याङ पनि चढ्न नसकेर हैरान त हुनुभएको छैन ? बाल्यकालमा नै खराब जीवनशैलीको छनौटले आजकाल युवाहरु मुटुलगायतका स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन् ।
ब्रिटिश हर्ट फाउन्डेसनले हालै सार्वजनिक गरेको एक रिर्पोटमा ४४ प्रतिशत वयस्कले कहिल्यै पनि व्यायाम गर्दैनन् । यद्यपि मुटुका लागि व्यायाम गर्न यो उमेर छिटो पनि होइन र ढिलो पनि भइसकेको छैन ।
२० को दशक : यो अवधिमा तपाई शारीरिक रुपमा तन्दुरुस्त हुनुहुनेछ । तर बिचार पु¥याउनुहोस् । २६ वर्ष पुगेपछि तपाईमा बुढ्यौली सुरु हुनेछ । २५ वर्षपछि हरेक वर्ष १ प्रतिशतका दरले शरीरको मांशपेशी घट्न थाल्छ ।
३० को दशकः यो अवधिमा पुरुषहरु आफ्नो जागिर वा अन्य व्यवसायको काममा व्यस्त हुन्छन् भने महिलाहरु गर्भवती हुने, आमा बन्ने गर्छन्,जसका कारण हार्मोन परिवर्तन हुन्छ । महिला र पुरुष दुवै सक्रिय हुने यस दशकमा शरीरका तन्तुमा बढी चोट पर्छ । यो अवधिमा मुटुसम्बन्धि पर्याप्त व्यायाम गरेमा मुटु रोगको खतरा कम हुने कुपर इन्स्टिच्युटले गरेको एक अध्ययनमा उल्लेख छ ।
यो अवधिदेखि नै हल्का व्यायाम गरेमा सम्भावित रोगको जोखिमबाट बच्न सकिन्छ । बसिरहनभन्दा केही लामो समय उभिने, लिफ्टको सट्टा भर्याङ प्रयोग गर्ने, सानो दूरीमा गाडी प्रयोग गर्नुका सट्टा फटाफट हिड्नेजस्ता सामान्य जीवनशैलीले पनि पछि हुने गम्भीर स्वास्थ्य समस्याबाट जोगाउँछ ।
४० को दशकः स्वास्थ्यका दृष्टिले यो अवधि महत्वपूर्ण समय हो । यसपछि अनुहारको चमक बिस्तारै हराउन थाल्छ भने मांसपेशीका तन्तु कमजोर हुँदै जान्छन् । शरीरको मेटाबोलिजम सुस्त हुन्छ ।
युबा बालबालिका र वृद्ध अभिभावकको माग र स्याहारसुसारका कारण पनि यो एउटा चुनौतीपूर्ण समय हो । मदिरा र चिल्लो पदार्थ बढी भएका खानेकुरा नखानुहोस् ।
February 19, 2019 5:53 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)