Sunday 24th May 2026

नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँ समितिको आयोजनामा हाजिरीजवाफ प्रतियोगीतामा सम्पन्न

7 years अगाडी

नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँ समितिको आयोजनामा आइतबार अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगीतामा सम्पन्न भएको छ ।

गाउँ समितिका सभापति नरेस लावतीको सभापतित्व, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति झापाका सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीको विशिष्ट आतिथ्यता, जिल्ला प्रवक्ता संजय निरौला, जिल्ला सदस्यहरु गोकुल पौडेल मिलन चापागाई तथा पार्टीका विभिन्न प्रतिनिधीहरुको आतिथ्यतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका भरिका विभिन्न ७ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक÷जिल्ला सदस्य पौडेलले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश तथा गाउँ समितिका सचिव रोसन भट्टराईले संचालन गरेको कार्यक्रममा १० अंक प्राप्त गरि कर्णाली एजुकेशन फाउन्डेसन प्रथम भएको थियो ।

त्यस्तै आर्दश माध्यमीक विद्यालय र मुनामदन एकाडेमीले बराबर ५ अंक प्राप्त गरेकोमा गोलाप्रथाबाट सोधिएको प्रश्नबाट आर्दश माध्यमीक विद्यालय दोस्रो तथा मुनामदन एकाडेमी तेस्रो भएको थियो ।

          February 24, 2019 5:21 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...