Sunday 24th May 2026

जीप दुर्घटनामा वडा अध्यक्षसहित दुईको मृत्यु, १३ घाइते

8 years अगाडी

बाजुरा – बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु भएको छ । से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा परी त्रिबेणी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खम्म नेपाली र सोही वडाकी लालसरा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।बुधबार बेलुका ८ बजेको समय जीप दुर्घटनामा परेको हो । यसैगरी ७ जना घम्भिर घाईते भएको घटना स्थलका प्रत्यक्षदर्शी नेपाली काँगस त्रिबेणी नगरकार्यसमिति सचिव सुरेन्द्र गिरीले जानकारी दिनुभएको छ ।

घाईते तथा मृत्यकको उद्दार गर्ने नेपाल प्रहरी र स्थानियबासी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख नायव उपरिक्षक सागर बोहराले जानकारी दिनुभएको छ ।घाईते १३ जना मध्ये सवारी चालक चन्द्र भुनी सहित ७ जना घाईते बयालपाटा अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रत्यक्षदर्शी गिरीले बताउनुभयाे । जीप सडकबाट कम्तिमा ५ सय मिटर तल खसेको छ ।

जीपमा सिमेन्ट र १४ जना यात्रु बोकेको थियो । अत्याधिक लोडका कारण कच्ची चिप्लो सडकबाट तल खसेको हुन सक्ने अनुमान गरिएको छ । त्रिबेणी नगरपालिकाका काम सकाएर टुनेगडाबाट बुधबार साँझ छतारतर्फ जाने क्रममा जीप दुर्घटना भएको बताइएको छ ।

          June 28, 2018 4:26 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...