आज शनिबारको दिन झुक्किएर पनि नखानुहोस् यी चिजहरु !
शनि देवलाई एक न्यायप्रेमी भगवानको रुपमा मान्ने गरिन्छ। शनिदेवले कुनै पनि व्यक्तिको कर्म अनुसारको फल दिने गर्नुभएको छ। त्यसैले कुनै पनि व्यक्तिले खराब काम गरेको खण्डमा ठूलो नोक्सान बेहोर्न पर्ने र जीवनमा सफलता हँसिल गर्न नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। यसका साथै शनिवारको दिन खानेकुरामा ध्यान नदिँदा समेत शनि देव रुष्ट हुने विश्वास समेत रहेको छ। शास्त्रमा उल्ल्लेख गरिए अनुसार शनिबारको दिन माछा ,मासु तथा अन्य मंशहारी भोजन गर्दा शनि ग्रहको नकारात्मक असर पर्ने गर्छ। त्यसैले आज हामी तपाईहरुलाई यस्ता केही चिजहरुको बारेमा बताउन जाँदै छौँ जुन तपाईले शनिवारको दिन खाँदा जीवनमा ठूलो असर पर्ने गर्छ।
१. शनिवारको दिन चुरोट ,रक्सि आदी सेवन गर्दा शनिदेव रुष्ट हुने र यस दिन यी चिजहरु खाने व्यक्तिहरुको बुद्धि नाश भएर जाने विश्वास रहेको छ।
२. शनिवारको दिन मुसुरोको दाल खानु हुँदैन। किनकि मसुरोमा रातो रंगको हुने र उक्त रंग मंगल ग्रहको प्रतिक मानिने हुँदा यस दिन प्रयोग गर्नु नहुने विश्वास रहेको छ।शनिवार यो दाल खाएमा मंगल र शनि बीच मदभेद हुन हुँदा विवाद वा झैँ-झगडा हुने ठूलो सम्भावना हुन्छ।
३. शनिवारको दिन दूध खानु हानिकारक हुन्छ। दूधमा हुने सेतो रंग शुक्रको प्रतिक मानिने गर्छ भने शुक्र र शनि एकअर्कामा दुश्मन मानिने गर्छन्। यस दिन दूध सेवन गर्ने व्यक्तिको स्वभावमा नकारात्मक परिवर्तन आउने कुरा शास्त्रमा उल्लेख गरिएको छ।तर दूधसँग सखर मिसाएर भने खान सकिने बताइएको छ।
४.यसदिन रातो खुर्सानी खानबाट जोगिनु भएमा राम्रो हुनेछ। यसमा हुने रातो रंग मंगल ग्रहको प्रतिक हो जुन शनि ग्रहको बिरोधी मानिने गर्छ। यस दिन रातो खुर्सानी खाने व्यक्तिको मनमा खराब भवन बढ्ने र खराब बोल्न सक्छन।
५.शनिवारको दिन अचार वा अन्य अमिलो चिजहरु खानु हुँदैन। यस दिन अमिलो चिजहरु खाने गर्दा स्वास्थ्यमा समस्या आउने ठूलो सम्भावना रहन्छ। शनिवार यी चिजहरु खाँदा पेट पोल्ने , फुल्ने जस्ता समस्याहरु आउने गर्छन्।
६.यस दिन शुद्ध दही खानु निकै हानिकारक हुने गर्छ।यस दिन दहि सेवन गर्दा कुनै पनि व्यक्तिको दिमाग स्थिर नरहने विश्वास रहेको छ। यसका साथै अन्य कुनै नोक्सान भोग्नुपर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।
७.शनिवारको दिन नुनको प्रयोग पनि कम मात्रामा गर्नु आवश्यक हुन्छ। अझ सम्भव भएसम्म यस दिन नुनको प्रयोग नगर्नुनै उत्तम हुने गर्छ। यसको प्रयोगले जीवनमा ठूलो आर्थिक भार बेहोर्न पर्ने विश्वास रहेको छ।
May 24, 2019 4:16 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ