पोर्न फिल्मको कुलतः कति घातक ?
हुन त नेपालमा सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाएको छ । र, आफ्नो बलबुतोले भ्याएसम्मका पोर्न साइट बन्द गरेको छ । पोर्न साइट बन्द गर्नुको लक्ष्य चाहि बढ्दो यौन हिंसा नियन्त्रण नै हो । पोर्न साइट र यौन हिंसासँग कस्तो सम्बन्ध छ ? त्यो छुटै बहसको विषय हुनसक्छ । यद्यपी पोर्न साइट हेर्ने क्रममा कमी आयो भन्न सकिने अवस्था छैन । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै अहिलेको युगमा डिजिटल सामाग्री र उत्पादनमाथि प्रतिबन्ध लगाउनु त्यती संभव नहोला । अनेक माध्याम र बाटाबाट यस्ता सामाग्री चुहिने गर्छन्, जसलाई ताल्चा ठोक्न सकिदैन ।
अतः यौनजन्य सामाग्री अहिले धेरैको लागि सहज पहुँचको विषय भएको छ । हातहातमा मोबाइल छ, घर-घरमा इन्टरनेट छ । यति भएपछि यौनजन्य सामाग्री हेर्न कसले छेकबार लगाउने ? यौनप्रति चासो र रुची हुनु स्वभाविक पनि हो । यौनजन्य गतिविधिमा रमाउनु मानविय प्रवृत्ति पनि हो । यसर्थ यस्ता यौनजन्य जिज्ञासा मेट्ने र यौन तृष्णा मेट्ने माध्याममाथि प्रतिबन्ध लगाउनु त्यती वैज्ञानिक विधी होइन । यस्ता कुरामा अरुले रोकेर वा छेकेर हुँदैन, बरु आफै नियन्त्रित हुनुपर्छ । आफुसँग आफै इमान्दार र अनुशासित हुनुपर्छ अरुको कर र बलमा होइन, आफ्नै विवेकले यस्ता कुराहरु त्याग्नुपर्छ ।
किनभने यौनजन्य सामाग्री हेर्ने अर्थात पोर्न साइट हेर्ने लत आफैमा राम्रो होइन । यसले प्रत्यक्ष केही असर पुर्याउँछ । जस्तो, हाम्रो समय नष्ट गर्छ । मनमा यौन विकार पैदा हुन्छ पारिवारिक जीवन प्रभावित बनाइदिन्छ । यौनजन्य सामाग्री खोज्ने र हेर्ने लत लाग्छ । अझ पढ्दै गरेका, करियर बनाउँदै गरेका किशोरपुस्ताको जीवनशैली नै यसले प्रभावित बनाइदिन सक्छ । कतिपय नराम्रो कार्य गर्न समेत उक्साउने भय रहन्छ ।
पोर्न साइटको साइड इफेक्ट : पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानीले दिगममा समेत असर गर्ने बताइन्छ । मेडिकल डेली रिपोर्टका अनुसार पोर्न साइट हेर्ने बानी भएपछि मान्छेको मतिष्क धेरैजसो समय यौनजन्य कुराले ओगट्न थाल्छ । एक रिसर्च अनुसार यस किसिमको फिल्म हेर्न थालेपछि डोपामाइन हर्मोन निर्माण तिब्र हुन्छ, जसले कामेच्छा -सेक्स ड्राइभ) बढाउँछ । यो हर्मोन न्यूरो ट्रान्समिटरको रुपमा काम गर्छ ।
अहिले किशोरपुस्ता यौन सामाग्रीमा बढी रुची राख्छन् । उनीहरुका लागि यसको पहुँच पनि सहज छ । एक रिसर्च अनुसार करिब ७० प्रतिशत किशोर यौनजन्य सामाग्री हेरिरहेका हुन्छन् । उनीहरुमा यौनजन्य सामाग्री हेर्ने उत्सुकताले मस्तिष्कको विकासमा असर पुग्छ । साथसाथै यसले अनिद्रा, बेचैनी जस्ता समस्या पनि निम्त्याउने गर्छ ।
एक्लोपन : पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानी भएपछि त्यसको सबैभन्दा खराब प्रभाव उनको आनीबानीमा पर्छ । जस्तो कि, यस किसिमको लत भएकाहरु एकान्तमा बस्न रुचाउँछन् । साथीमाझ घुलमिल हुने, रमाइलो गर्ने गर्दैनन् । एक्लै बस्ने, एकान्त खोज्ने गर्छन् । जब उनीहरुलाई यस्तो अनुकुलता मिल्छ, तब यौनकै बारेमा सोच्न थाल्छन् । यसबाट के हुन्छ भने उनीहरु पारिवारिक र सामाजिक जीवनबाट टाढा हुन्छन् ।
May 27, 2019 6:20 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ