काउकुती लाग्दा मानिसहरू किन हाँस्छन्?
बच्चाहरूलाई हँसाउनका लागि प्रायः काउकुती लगाइने गरिन्छ । अनि उनीहरू खुलेर हाँस्छन् । बच्चालाई मात्र नभई ठूला मान्छेलाई पनि शरीरका निश्चित अंगमा काउकुती लगाउँदा हाँसउठ्छ । तर किन काउकुती लाग्छ र लागेपछि किन हाँसउठ्छ कहिल्यै विचार गर्नुभएको छ ? वैज्ञानिकहरू भन्छन्, आक्रमणकारी वा पीडकबाट तनावपूर्ण अवस्थामा जोगिन वा चोट लाग्नबाट बच्नको लागि आफू झुकेको भन्ने संकेत पठाउन मानिसको विकासक्रमको एक भागका रुपमा काउकुती लाग्ने गरेको हुनुपर्छ।
काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले व्यक्तिलाई पीडाको पनि सूचना दिने गर्छ । त्यसैले काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै सतर्क गरिदिन्छ । कुनै व्यक्ति एकदमै रिसाएको बेलामा उसलाई काउकुती कम लाग्छ र लागेपनि हाँसो उठ्दैन ।
यसको उल्टो हामीले अर्को व्यक्तिलाई काउकुती लगाउँदा हामीमा कुनै पनि भय रहँदैन र हाम्रो दिमागको अन्य भागबाट प्राप्त संवेदात्मक संकेत नियन्त्रणमा रहन्छ । यसले गर्दा हामीलाई आफैंलाई काउकुती लगाउँदा हाँसो नउठेको हो । तर काउकुती लगाउँदा हाँसो उठ्ने नउठ्ने कुरा दिमागको स्थितिमा पनि भर पर्छ ।
June 1, 2019 2:35 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ