Thursday 9th April 2026

सरकारको निर्णयको विरोधमा अाज पनि शेयर कारोबार ठप्प, अान्दोलन जारी

8 years अगाडी

काठमाडौं, २३ जेठ । बोनस र हकप्रद सेयरको आधार मूल्यको आधारमा लाभकर लगाउने सरकारको निर्णयको विरोधमा शेयर लगानीकर्ताहरुको अान्दोलन जारी छ । लगानीकर्ताको अान्दोलनका कारण बुधबार पनि शेयर कारेबार ठप्प हुने भएको छ ।बजेट सार्वजनिक भएको केही दिनपछि आन्तरिक राजस्व विभागले पुनः अर्काे निर्णय गर्‍यो । जसको विरोधमा सोमबारदेखि लगानीकर्ता आन्दोलित बनेका हुन् ।

यसअघि अर्थमन्त्रालयले आधार मूल्य तय गरिदिएको थियो । त्यही अनुसार पूँजीगत लाभकर गणना हुन्थ्यो । तर अब भने बोनस र हकप्रदलाई १ सय रुपैयाँ मानेर गणना गर्न निर्देशन दिएको छ ।अहिले आन्तरिक राजस्व विभागले पहिलेको विधिलाई बिस्थापित गरेर नयाँ परिपत्र जारी गर्‍यो । अब भने हकप्रद र बोनस शेयर दुवैको मूल्य १ सय गणना हुन्छ । घाटामा पनि लाभकर तिर्नुपर्ने गरी सरकारले नयाँ व्यवस्था गरेको लगानीकर्ताहरुको भनाइ छ ।

आन्दोलनकारी सेयर लगानीकर्ता अर्थ मन्त्रालयका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । कारोबार ठप्प पारेपछि मन्त्रालयले व्यवसायीलाई बोलाएको हो । मन्त्रालयले म‌ंगलबार कर अध्ययनका लागि एक समिति गठन गरेको छ । समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कदम चालिने मन्त्रालयको दावी छ ।

          June 6, 2018 1:05 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...