Sunday 20th April 2025

यी ७ कुरा जीवनमा सधै गोप्य राख्नुहोस् ।

6 years अगाडी

कतिपय कुराहरु हामिले आफ्नो सोचेर अरुलाई आफ्नो कुराहरु खोल्छौ । धेरै जसो कुराहरु अरुलाई खोल्दा पनि त्यसले हानि गर्न सक्छ । त्यसैले हामीले जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु पनि हुन्छन् । हामीले जीवनमा सधै गोप्य राख्नुपर्ने ७ कुराहरु बारे चर्चा गर्छौ । जुन तपाईको लागी राम्रो पनि हुन्छ ।

१ दान : तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन । दान धर्म लिएको कुरा यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन ।

२ मन्त्र : यदि तपाईलाइ गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्र कसैलाइ भन्न हुदैन । किनकी मन्त्रमा शक्ति हुन्छ ।

३ घर परिवारको झगडा : कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झगडा धेरै जसो घरहरुमा हुन्छ । घरमा झगडा हन्छ भने यो कुरा कसैलाई भन्न हुदैन । यदि परिवारको झगडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

४ अपमान : आफू कहि कतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् ।

५ रातिक्रिडा  : जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ ।

६ पद प्रतिष्ठा  :  मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ ।

७ धन हानी  :  जीवनमा तपाइँलाई धन हानीको अवस्था परेमा आर्थिक नोक्शानीको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपार्इंको धन हानी हुँदा तपाइसँग भएको धनबारे जानकारी पाउने गर्छन् । त्यति मात्र होइन मात्र होइन हानी भएका कारण तपार्इंबाट टाढिने पनि हुन्छ ।

          June 16, 2019 10:58 am | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...