यी ७ कुरा जीवनमा सधै गोप्य राख्नुहोस् ।
कतिपय कुराहरु हामिले आफ्नो सोचेर अरुलाई आफ्नो कुराहरु खोल्छौ । धेरै जसो कुराहरु अरुलाई खोल्दा पनि त्यसले हानि गर्न सक्छ । त्यसैले हामीले जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु पनि हुन्छन् । हामीले जीवनमा सधै गोप्य राख्नुपर्ने ७ कुराहरु बारे चर्चा गर्छौ । जुन तपाईको लागी राम्रो पनि हुन्छ ।
१ दान : तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन । दान धर्म लिएको कुरा यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन ।
२ मन्त्र : यदि तपाईलाइ गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्र कसैलाइ भन्न हुदैन । किनकी मन्त्रमा शक्ति हुन्छ ।
३ घर परिवारको झगडा : कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झगडा धेरै जसो घरहरुमा हुन्छ । घरमा झगडा हन्छ भने यो कुरा कसैलाई भन्न हुदैन । यदि परिवारको झगडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।
४ अपमान : आफू कहि कतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् ।
५ रातिक्रिडा : जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ ।
६ पद प्रतिष्ठा : मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ ।
७ धन हानी : जीवनमा तपाइँलाई धन हानीको अवस्था परेमा आर्थिक नोक्शानीको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपार्इंको धन हानी हुँदा तपाइसँग भएको धनबारे जानकारी पाउने गर्छन् । त्यति मात्र होइन मात्र होइन हानी भएका कारण तपार्इंबाट टाढिने पनि हुन्छ ।
June 16, 2019 10:58 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ