श्रीराम वनबास गएपछि राजा दशरथले थाहा पाए रामलाई बनवासको सजाय दिनुको कारण
रामायण धर्मका सार्थ कर्म प्रधान ग्रन्ध हो। रामायणबाट हामीले धेरै कुरा सिक्न सक्छौं। वाल्मीकिले रामायणमा ठूलो भन्दा ठूला पात्रलाई पनि कर्मको बन्धनले बाँधिएको बताएका छन्। जसरी रावणले आफ्नो नराम्रो कर्म कारण मृत्यु वरण गर्नु पर्यो, त्यसैगरी श्रीरामका पिता राजा दशरथलाई पनि आफ्नो पुरानो गल्तीका कारण दुख भयो।रामायणमा श्रीरामको वनवास प्रसंगमा राजा दशरथलाई राम्रो र नराम्रो कर्मको फलबाट नै माग्य बन्छ भन्ने थाहा भयो। भाग्य कर्मबाट नै बन्ने हो। हामी जस्तो काम गर्छौं त्यस्तै हाम्रो भाग्य निर्माण हुन्छ।
हामीले आफ्नो कर्ममा टिकिरहनुपर्छ। कहिलेकाही के हुन्छ भने हामी निकै मेहनतसँग काम गरिरहेका हुन्छौं तै पनि नतिजा भने विपरित आइरहेको हुन्छ। यस्तोमा आलोचकलाई आलोचना गर्ने अवसर प्राप्त हुन्छ। जब कुनै पनि कामको नजिता सन्तुष्ट दिन प्रकारको हुँदैन भने आफ्नो अतितलाई हेर्नुपर्छ। अतितमा केही गल्ती कमजोरी भएको हुनसक्छ।श्रीराम वनवास जाने निश्चित भइसकेको थियो। राम, सीता र लक्ष्मण तीनै जना वनबास जाँदै थिए। तब राजा दशरथ यो पूरो घटनालाई नियतिको खेल बताइरहेका थिए। उनी यसलाई भाग्यको खेल भन्दै थिए।
राम वनवास गएपति राजा दशरथ एक्लै रानी कौशल्यासँग थिए, तब उनलाई आफ्नो गल्तीको अनुभव हुन थाल्यो। राजा दशरथले युवावस्थामा श्रवण कुमारको हत्या गरेका थिए। दशरथलाई उक्त घटनाको सम्झना भयो। बुवा आमा बुवाका उनको एकमात्र सन्तानको हत्या भएको थियो। यो सबै त्यसैको परिणाम थियो।हरेक परिणामको पछि कुनै न कुनै कर्मको फल हुन्छ। विना कर्म हाम्रो जीवनमा कुनै पनि परिणाम आउन सक्दैन। आफ्नो कर्ममा ध्यान दिनुपर्छ। त्यसपछि मात्रै आफ्नो भाग्यलाई बुझ्न सकिन्छ।
June 20, 2019 11:37 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो