बिहेलगत्तै भुलेर पनि नगर्नुस् यस्ता काम
बिहेलगत्तैका सुरुवाती दिनमा एक–अर्काप्रति प्रस्तुत हुने शैलीले तपाईंको पूरा जिन्दगी कस्तो बनाउने भन्ने कुरालाई लगभग निक्र्यौल गर्छ । सानातिना लाग्ने तर वैवाहिक सम्बन्धलाई गम्भीर असर पार्ने केही यस्ता विषय छन्, जुन तपाईं बिहेलगत्तै भुलेर पनि नगर्नुस् ।
बिहे खर्च : बिहेमा तपाईंको धेरै पैसा खर्च भएको हुन सक्छ । ऋणको बोझ बढेको पनि हुन सक्छ । तर, जीवनसाथी भित्र्याउन नपाउँदै बिहेको खर्चको कुरा उठाउनुभयो भने ठान्नुस्, तपाईं गलत गर्दै हुनुहुन्छ । हो, कुनै न कुनै दिन सुनाउनैपर्छ, तर विनातनाव रमाइलो गर्न चाहना राख्ने सुरुवाती दिनमा यो कुरा गर्नुभयो भने जीवनसाथीसामु तपाईं सानो चित्तको ठहरिनुहुनेछ ।
मजाक : बिहेको दिन जीवनसाथीले गरेको ड्रेसअप र गतिविधि मन परेको थिएन भने पनि भोलिपल्टदेखि नै खण्डन गर्ने काम नगर्नुस् । जे भइसकेको थियो, त्यसलाई स्वीकार्दै प्रशंसा गर्नुस् । सुरुवातमै तपाईंले मजाक गर्दा जीवनसाथीको सोच नकारात्मक बनिदिन सक्छ ।
भूपू मायालु : जीवनसाथीलाई कहिल्यै पूर्वमायालुसँग दाँजेर हेर्ने नगर्नुस् । दुईजनालाई दाँज्ने काम गर्नुभयो भने यसले तपाईंको सुन्दर जीवनमा भलो गर्दैन । पुरानो सम्बन्ध पूरै भुलेर नयाँ अध्यायलाई स्विकार्नैपर्छ, नत्र सम्बन्ध टुट्न सक्छ ।
मिल्ने साथी : तपाईं सही नै हुनुहुन्छ, तर जीवनसाथीले तत्काल बुझ्न नसक्दा तपाईंको सानो कुरा पनि सम्बन्धमा गलपासो बनिदिन सक्छ । त्यसैले विपरीत लिंगी कोही मिल्ने साथी छ भने पनि बिहेको सुरुवाती दिनमा केही टाढै बस्नु उचित हुन्छ । किनभने, दुई–चार दिनको यात्रामै जीवनसाथीले तपाईंको स्वभावलाई पूरै पहिचान गर्न
सम्भव हुँदैन ।
असहयोग : बिहे गरेर दुईजना भएपछि दुवैले एक–अर्काप्रति सहयोगी भावना राख्नैपर्छ । मेरो काम म आफँै गर्न सक्छु, तिमीले गर्नुपर्दैन भन्ने र आफू पनि जीवनसाथीलाई सहयोग नगर्ने हो भने सम्बन्धमा दरार पैदा हुन सक्छ । बिहेपछि पूरै पारदर्शी हुन जरुरी हुन्छ ।
पारिवारिक विवाद : कतिपयले घरपरिवारको इच्छाविपरीत पनि बिहे गरेका हुन सक्छन् । तर, बाआमाले नमान्दा–नमान्दै पनि मैले तिमीसँग बिहे गरेको हो भनेर जीवनसाथीलाई तात्तातै नभन्नुस् । यसो भन्दा जीवनसाथीको ध्यान तपाईंको त्यागभन्दा बढी परिवारविपरीत केन्द्रित हुन सक्छ । यो नै घरभित्र कलहको बिउ बनिदिन सक्छ ।
जागिरमा जोड : आत्मनिर्भर हुनु जायज कुरा हो । तर, जीवनसाथी बेरोजगार छ भने बारम्बार जागिरकै प्रसंग निकालेर आजित नबनाउनुस् । बरु, जागिर खोज्न जीवनसाथीलाई मद्दत गर्नुस् । सुरुमै हतोत्साहित पार्ने काम नगर्नुस् ।
June 21, 2019 2:29 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ