न्याय माग्दा डर, त्रास र धम्की आयाे : भारती मानन्धर
काठमाण्डाै – रिगल भनेर चिनिने याेगराज ढकालकाे आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले याे फैसलाले आफूलाई थप साहस दिएको बताउनुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी मानन्धरले आफूलाई धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए पनि अन्ततः न्याय पाएको बताउनुभएकाे हाे । कुनै पनि लोभमा नलागिकन अघि बढेकाले न्याय मिलेको उहाँले बताउनुभयो । अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने मानन्धरकाे विश्वास छ ।
उहाँले भन्नुभयो, ‘यसबीचमा धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । मेराे टिमले मलाई अन्यायमा परेको महिलालाई बाटो दे, अरू महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलाग्न भन्याे ।मजस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई संविधान दिवसकाे अवसरमा सरकारकाे सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएकाे थियाे । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । उज्यालो
November 3, 2023 4:12 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर