भूकम्प प्रभावित क्षेत्रमा चिसोको मार : सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक थप समस्या झेल्दै
काठमाण्डाै – कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्पपछि सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार भूकम्पले क्षति गरेका जाजरकोट र रुकुम पश्चिममा चिसो बढेसँगै विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका थप समस्यामा परेका छन् ।
जाजरकोटमा मात्रै एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा रहेका छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा परेका छन् ।
त्रिपालकाे सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । केही भूकम्प पीडितको चिसोका कारण ज्यानसमेत गएको छ । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।
रुकुम पश्चिममा पनि समस्या उस्तै छ । त्यहाँको पनि पूर्ण विवरण लिने काम भइरहेको छ ।
गएको ७ गतेभित्र पालिकाबाट क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको जनप्रतिनिधिले बताएका छन् ।
पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा ढिलाइ भइरहेको उनीहरुको भनाइ छ । अबको एक/दुई दिनभित्र सबै विवरण आउनसक्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । उज्यालो
November 28, 2023 10:29 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन