अर्घाखाँचीमा पासोमा परेर चितुवा मर्याे
अर्घाखाँची – अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा चितुवा पासोमा परेको थियो । पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत इश्वरी पौडेलले बताउनुभयो ।
पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरी बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो ।
मरेको चितुवा ५९ इन्च लामो, ३३ इन्च अग्लो तथा झन्डै ३१ केजीको भाले रहेको डिभिजन वन अधिकृत पौडेलले बताउनुभयो । तर, जङ्गलमा पासो कस्ले थापेको भने जानकारीमा नआएको र यस बारेमा खाेजी भइरहेको पनि पौडेलले बताउनुभयो । उज्यालो
November 29, 2023 12:24 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर