अर्घाखाँचीमा पासोमा परेर चितुवा मर्याे
अर्घाखाँची – अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा चितुवा पासोमा परेको थियो । पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत इश्वरी पौडेलले बताउनुभयो ।
पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरी बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो ।
मरेको चितुवा ५९ इन्च लामो, ३३ इन्च अग्लो तथा झन्डै ३१ केजीको भाले रहेको डिभिजन वन अधिकृत पौडेलले बताउनुभयो । तर, जङ्गलमा पासो कस्ले थापेको भने जानकारीमा नआएको र यस बारेमा खाेजी भइरहेको पनि पौडेलले बताउनुभयो । उज्यालो
November 29, 2023 12:24 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव