दाङको घोराहीका शिवराजको शव कोइला खानीको सुरुङभित्र फेला : दुई जना पक्राउ
दाङ – दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेकाे छ । घोराही उपमहानगरपालिका वडा नम्बर–६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केसीलाई हत्या गरी शव बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ को गदारी र फाँटाको जङ्गलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला परेको हो । केसी घोराहीको अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो ।
गएको पुस ८ गते घरदेखि बङ्गलाचुली जान्छु भनेर हिँडेका उहाँको त्यही दिन नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । केसीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ गदारीका शेरबहादुर कुँवर र उनकै श्रीमती दीपालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।
कोइला खानीको झण्डै ५० मिटर सुरुङभित्र शव रहेको आरोपितको बयानका आधारमा खोजी गर्दा शव फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उज्यालो
December 30, 2023 12:38 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन