Monday 29th December 2025

नेपालगन्जमा पहिलोपटक इन्टरनेशनल लेडि डिजे सहितको पुलपार्टी कार्यक्रम हुदै

8 years अगाडी

बाके – नेपालगंज सुर्खेतरोड स्थित होटल Cygnett inn Krishna को स्वीमिङ पुलमा असार ४ गते सोमवार सनमिगल वेट फेस्ट अायोजना हुने भएको छ। नेपालगंजको इतिहासमा पहिलो पटक इन्टरनेशनल लेडी डिजे,डिजे डेक्सी र नेपाली ख्याति प्राप्त डिजे प्रज्वल र डिजे जेनी साथै र मानस घले र चर्चित मोडल सन्ध्या के.सी कार्यक्रम प्रस्तोता रहने छिन।

एक्स जेनेरेसन प्रा.ली.ले मध्य र सुदुरपश्चिमका प्रमुख शहरहरूमा एकल रुपमा स्वीमिङ पुल र मिस नेपालगंज, R&B कर्न्सटहरू आयोजना गर्दै आएको छ। असार ४ गते हुन लागेको सो वेट फेस्टलाई मेडली इभेन्ट र मिडिया प्रा.लि.संगको सहकार्य रहेको छ ।

बेलुका हुने सो कार्यक्रममा करिब २००० दर्शकहरूले मनोरञ्जन लिने एक्सन जेनेरेसन प्रा.ली.का प्रिसेडेट (निर्देशक) संयोग जंग शाहले बताए।

          June 8, 2018 7:47 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...