Monday 29th December 2025

सय रुपैयाँ नतिर्दा हत्या !

8 years अगाडी

अहिलेको समयमा एक सय रुपयाँले ठुलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक बृद्धले ज्यान गुमाउनुपरेको छ ।

स्थानीय मख्खन साहको पम्पिङसेटबाट आफ्नो खेतमा सिँचाई गरेका थिए ।

यसबापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।

मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । पैसा तिरेरै जा भनी मख्खनले जबरजस्ति गरेपछि मैनेजरसाग विवाद भएको थियो, एक स्थानीयले भने, पछि झडपकै रुप लियो ।

झडपमका क्रममा मख्खनका छोरा २० बर्षीया दीपक साहले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।

          June 8, 2018 8:04 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...