पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन
काठमाडौं, २५ जेठ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले लगातार रुपमा मूल्यवृद्धि गरेपछि नेविसंघले विरोधस्वरुप उपत्यकालगायत मुलुकका सबै क्याम्पसअगाडि विरोध प्रदर्शन गर्नुपरेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए ।
‘पेट्रोलियम पदार्थमा भएको पटक/पटकको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको छ,जनजीविका अत्यन्तै कष्टकर भएको छ, त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने हाम्रो माग हो,’ उनले भने ।
यस्तै नेविसंघले जेठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पस अगाडि सरकारी तथा संस्थानका सवारी साधन गुड्न नदिने कार्यक्रम विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
June 8, 2018 2:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।