विराटनगर महानगरपालिकाकाे विकास अनुगमनका लागि ड्रोनको प्रयोग
विराटनगर – विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज तुल्याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ ।महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ड्रोनमार्फत तस्वीर लिने कार्यको शुभारम्भ गर्नुहुँदै महानगरवासीलाई नगरभित्र भएका र भइरहेका विकास निर्माण कार्यका सम्बन्धमा जानकारी दिन सहज हुने बताउनुभयो ।
एसटिआइयुआइपी प्रोजेक्टअन्तर्गत सिटिसी कालिका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरका विभिन्न निर्माण कार्यको छायांकन र नक्सांकन गरिन लागेको हो । यस प्रविधिबाट विराटनगरको पहिलेको अवस्था र विकास भइसकेपछिको अवस्थाबारे बुझ्न सजिलो हुनेछ ।
June 8, 2018 2:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।